सडेको अवस्थामा ३ जनाको शव भेटियो

तु खबर संवाददाता
२०७९ आश्विन ३, सोमबार १०:३२

धनगढी । कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । जिल्लाको लाझाडी गाउँपालिका र पुनवाृस नगरपालिकामा गरी तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जिल्लाको लालझाडी गाउँपालिका–१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका–१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।

उनीहरु शव सडेको अवस्थामा आइतबार साँझ फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरिएको जनाएको छ ।