निर्वाचन आयोग : समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिँदै

तु खबर संवाददाता
२०७९ आश्विन २, आईतवार ०९:०३

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

यससँगै दलहरु समानुपातिक उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा जुटेका छन् । दलहरूले प्रतिनिधि सभाका लागि बढीमा १ सय १० र प्रदेश सभाका लागि बढीमा २ सय २० सहित ३ सय ३० उम्मेदवार चयन गर्नेछन् ।

बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला हुनुपर्छ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम असोज २३ गतेदेखि सुरु हुनेछ ।