मकवानपुरको भीमफेदीमा एक जनाको शव फेला

तु खबर संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार ०९:५४

मकवानपुर । मकवानपुरमा एक जनाको शव फेला परेको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ धोर्सिङ्गमा आज बिहान एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

प्रहरीका अनुसार, आज बिहान ७ बजेको समयमा स्थानीय २१ वर्षीय अनिष राना मगरको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।  हाल घटनास्थलतर्फ इलाका प्रहरी कार्यालयको मुचुल्का टोली जाँदै गरेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।