पर्यटन विकास आयोजना हेटौंडाद्वारा कर्मचारी माग

मकवानपुर । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजना हेटौंडाले ठूलो मात्रामा कर्मचारी माग गरेको छ । आयोजना कार्यालयले २४ जना प्राविधिक कर्मचारी माग गरेको हो ।
पर्यटनका क्षेत्रमा काम गर्ने गरी आयोजनाले अधिकृत स्तर सातौं तहका सिभिल इन्जिनियर ५ जना र पाँचौ तहका सिभिल सब–इन्जिनियर १९ जना माग गरिएको हो ।
आयोजनाबाट संचालन हुने काम गर्नका लागि सहज होस् भनेर चालु आर्थिक वर्षका लागि कर्मचारी माग गरिएको जनाइएको छ । इच्छुक व्यक्तिले असोज ४ गतेभित्र दरखास्त आवेदन भर्नुपर्ने जनाइएको छ ।