हेटौंडाकी लामालाई ह्विल चियर सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बस्ने ५८ वर्षीया ताराकुमारी लामालाई ह्विल चियर सहयोग गरिएको छ । लामालाई लायन्स क्लब अफ मकवानपुर, हेल्प डेक्सले बिहीबार एक कार्यक्रमबीच ह्विल चियर सहयोग गरेको हो ।
हेल्प डेक्सका अध्यक्ष धुव्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ मल्टिपल अन्तरास्ट्रिय संयोजक रमेश अग्रवाल, डिस्ट्रीट गर्भनर अमरबहादुर श्रेष्ठ, प्रथम भाइस डिस्ट्रीट गर्भनर डिएन अग्रवाल लगायतको सहभागीता रहेको थियो ।
बिगत ५ वर्षदेखि थलिएर रहेकी लामालाई निजको घरमै पुगेर ह्विल चियर प्रदान गरिएको हो । स्थानीय तथा लायन्स सरस्वती ब्लोनको संयोजकत्वमा भएको कार्यक्रमको सचिव हरिहर खतिवडाले संचालन गरेका थिए भने क्लबका पूर्व अध्यक्ष प्रविण मैनालीको सक्रियतामा कार्यक्रम गरिएको थियो ।
