बाल दिवसको अवसरमा विविध कार्यक्रम

तु खबर संवाददाता
२०७९ भाद्र ३०, बिहीबार १०:२६

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ स्थित श्री त्रिरत्न प्राथमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरेको छ । विद्यालयले बाल दिवसको अवसरमा बुधबार विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको विद्यालयका शिक्षक आत्मराम रुम्बाले बताए ।

उनका अनुसार, विद्यालयले तातो आलु, चम्चा रेस र घ्याम्पो फुटाई कार्यक्रमको आयोजना गरिएको हो । विद्यालयले आयोजना गरेको तातो आलु प्रतियोगितामा एलिना गोङ्बा प्रथम, सागर गोले दोस्रो र समिर मोक्तान तेस्रो भएका थिए ।

यस्तै, चम्चा रेस्ट् प्रतियोगितामा स्वास्तिका तामाङ प्रथम, सोनी ब्लोन दोस्रो र प्रतिक्षा वाईबा तेस्रो भएका थिए भने घ्याम्पो फुटाई प्रतियोगितामा बिपिन घलान प्रथम र निमेश थिङ दोस्रो भएका थिए ।