पहिरोमा पुरिएर दुईको मृत्यु
काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ४४ वर्षीय नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावित्री तामाङ मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, नीरबहादुरकी आमा लादुलुङ भने पहिरोमा पुरिएर गम्भीर घाइते भएकी छन् । उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको खानीमाथिबाट झरेको पहिरोमा परी घरसहित एकै परिवारका दुई जना पुरिएका हुन् । घटना पश्चात् सुरक्षाकर्मीको टोलीले गरेको खोजतलासमा दुई जनाको शव फेला परेको हो ।
