परराष्ट्रमन्त्री खड्का बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुने

तु खबर संवाददाता
२०७९ भाद्र २९, बुधबार १८:१४

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । एलिजाबेथको सेप्टेम्बर १९ मा हुने अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जान लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको जानकारी दिए । परराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लिला भट्टराईले शनिबार बेलायत प्रस्थान गर्ने जानकारी दिए ।