मिस मकवानपुर सिजन ४ को तयारी पूरा
मकवानपुर । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा हुन लागेको मिस मकवानपुर सिजन ४ को तयारी पूरा भएको छ । बुधबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी दिँदै सौन्दर्य प्रतियोगिताको तयारी पूरा भएको जनाइएको हो ।
सम्मेलनमा प्रतियोगिताका कोरियोग्राफर सोफिया फागोले असोज ३ गते सोमबार प्रतियोगिताको ग्राण्ड फिनाले गरिने जानकारी दिइन् ।
प्रतियोगिताका विजेताले ताज, सत्तरी हजार नगदसहित डाइन एण्ड वाईन रेष्टुरेन्टमा रात्रिभोजको व्यवस्था, फोटो सुट, कुनै पनि विधामा आयोजक कम्पनीमा निःशुल्क प्रशिक्षणको व्यवस्था, तीन दिनको आन्तरिक भ्रमणको प्याकेज, निःशुल्क दक्ष मेकप ट्रेनिङ लगायत आकर्षक पुरस्कारहरु प्राप्त गर्ने जनाइएको छ ।
त्यस्तै, फस्ट रनरफले ताज, नगद ३५ हजार रुपैयाँ, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज सहित आकर्षक पुरस्कारहरु प्राप्त गर्नेछन् भने सेकेन्ड रनरफले ताज, नगद २० हजार रुपैयाँ फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज र आकर्षक पुरस्कारहरु प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक नेपाली उत्पादन क्यालिवर्स सुज रहेको आयोजक कम्पनीका प्रमुख सुजन श्रेष्ठले प्रतियोगितामा मकवानपुरका १५ जनाल सहभागीता जनाउने बताए ।
मिस नेपाल अर्थ २०२० की सुप्रिया श्रेष्ठ, मोडल पंकज सिंह ठकुरी र एन्जिला श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्ने उनले जानकारी दिए ।
