मंगलबार २१ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा एकाएक हरियाली छाएको छ । केही समययता लगातार गिरावट आएको नेप्से परिसूचक आज २१.३० अंकले बढेको हो ।
नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच हुँदा ९२ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लो समय नयाँ स्टक एक्सचेञ्ज ल्याउने विषयमा लगानीकर्ताहरु त्यतै केन्द्रीत भएका कारण पनि कारोबारमा खासै उत्साह नदेखिएको हो ।
त्यस्तै, नेप्सेमा रहेका सबै सूचक भने आज चम्किएका छन् । केही दिनयता घट्ने गरेको सूचकहरुमा आज एकाएक हरियाली छाउन पुगेको छ । सर्वाधिक फाइनान्स सूचकको २.१३ प्रतिशतले बढ्न पुगेको छ भने उत्पादन तथा प्रशोधन समूहको १.८७ प्रतिशतले बढेको छ ।



