बागमती प्रदेश सरकारले संविधान दिवसको अवसरमा विविध कार्यक्रम गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले संविधान दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रदेश सरकारले तीन दिन विविध कार्यक्रम गरी संविधान दिवस मनाउने भएको हो ।
सरकारले असोज २ गते हेटौंडा उपमहानगरको समन्वयमा नगर क्षेत्र, कार्यालय परिसरलगायत मठमन्दिर र सार्वजानिक स्थलमा सरसफाइ गरिने, सञ्चार रजिष्ट्रार, पत्रकार महासंघ मकवानपुरको समन्वयमा सञ्चार माध्यममा परिसम्वाद, विशेष सम्वाद, विचार गोष्ठी कार्यक्रम गरिने, दिवसको दिन संविधानसँग सम्बन्धित लेख, रचना अनलाइन तथा छापा माध्यमहरुमा प्रकाशन गरिने, युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा विभिन्न खेलकुद कार्यक्रमहरु गरिने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।
त्यस्तै, असोज ३ गते दिवसको दिन पर्यटन मन्त्रालयको संयोजनमा सहिदको आत्माको चीर आत्माका लागि धार्मिक स्थलहरुमा विशेष पुजापाठ र प्रार्थनाको कार्यक्रम गरिने, प्रादेशिक विविधता झल्किने गीत, नृत्य, झाँकी, सुरक्षाकर्मीको मार्चपास सबैको उपस्थितीमा भुटनदेवी माविबाट प्रभातफेरी गरीने, सबै सरकारी कार्यालय, विद्यालय, संघसंस्थाहरुमा दीपावली गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यसैगरी, असोज ४ गते विषेश कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने जनाइएको छ ।
