मकवानपुरका बल मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरमा आज सोमबार बिहान एक जनाको शव फेला परेको छ । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर २ घट्टेखोलास्थित बगरमा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त शव स्थानीय बैकुण्ठ बस्ने ४६ वर्षीय रामकुमार बलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, हाल घटनास्थलमा प्रहरी चौकी डाँडाखर्कबाट प्रहरी सहायक निरीक्षकको टोली रहेको छ । मृतक बल पहिला देखिनै क्षारेरोगको बिरामी रहेको आफन्तले बताएका छन् । उनको शव मुचुल्का उठाई पोस्टमार्टमको लागि हेटौंडा ल्याउने तयारी भइरहेको जनाइएको छ ।
