मकवानपुरमा एक जनाको शव फेला

तु खबर संवाददाता
२०७९ भाद्र २६, आईतवार १६:१४

मकवानपुर । मकवानपुरमा आइतबार दिउँसो एक जनाको शव फेला परेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ जयसिङस्थिच पुर्व–पश्चिम सडकखण्डदेखि १५० मिटर उत्तर तर्फ पर्ने भित्री सडकखण्डमा अन्दाजी ४ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, मृतक पुरुषको हाल सनाखत हुन सकेको छैन । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोलीले मुचुल्का उठाउने लगायतको काम भइरहेको छ ।