आर्थिक नीति तथा योजना विभाग प्रमुखमा उपाध्याय
मकवानपुर । कांग्रेस युवा महिला नेतृ अन्जना उपाध्यायलाई आर्थिक नीति तथा योजना विभाग प्रमुख तोकिएको छ । कांग्रेस मकवानपुरले विधानको धारा ३७ को उपधारा २(२३) मा व्यवस्था भए बमोजिम आर्थिक नीति तथा योजना विभागको प्रमुखमा मनोनित गरिएको हो ।
जिल्ला सभापति बुद्ध लामाले नेतृ उपाध्यायलाई मनोनित गर्दै प्रत्येक महिनाको १० गते अनिवार्य बैठक बस्ने र १० जनाको सदस्य सहित ११ जनाको समिति बनाउन आग्रह गरेका छन् । उनले समितिका अनिवार्य तीन जना महिला हुनुपर्ने बताएका छन् ।
आर्थिक वित्तिय र योजना क्षेत्रसँग सम्बन्धित तथ्याङ्कहरु संकलन गरि आवश्यक नीति र रणनीति तयार पारी पार्टीको हितमा काम गरिने विभाग प्रमुख उपाध्याले बताइन् ।

