हेटौंडाका युवक प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ भाद्र २६, आईतवार ०८:२६
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ लामसुर बस्ने २१ वर्षीय विवेक बिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनलाई धादिङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खैरोहिराईनको धुलो ७० मिलिग्राम र ३० गा्रम गाँजासहित मकवानपुरगढीबाट पक्राउ गरेको हो ।

शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ देरालीस्थित प्रेमबहादुर घलानको घरमा कोही नभएको अवस्थामा खुत्रुके फुटाई पैसा चोरी गरेको भनि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरिएकोमा चेकजाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

साथै प्रहरीले उनको साथबाट ३ हजार १४२ रुपैयाँ नेपाली पैसा, ३० रुपैयाँ भारतीय पैसा र १ रुपैयाँ कतारी रियल पनि बरामद गरेको छ । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।