हेटौंडाका तामाङ मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ भाद्र २४, शुक्रबार १७:३७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ पारिजातपथस्थित एक जनाको शव फेला परेको छ । उक्त शव हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० घर भई हाल हेटौंडामा डेरा गरी बस्ने २३ वर्षीय संजिप तामाङको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बिहीबार राति खानाखाई सुतेका तामाङ आज अबेरसम्म नउठेको कारण आमाले बोलाउन जाँदा मृत फेला परेका हुन् । घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धन टोली रहेका छन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।