झुटा समाचारले पार्ने प्रभावबारे हेटौंडामा दुई दिने प्रशिक्षण सुरु
मकवानपुर । झुटा समाचारले पार्ने प्रभावबारे talim दुई दिने प्रशिक्षण सुरु भएको छ । उक्त प्रशिक्षण फ्रिडम फोरमको आयोजना तथा पत्रकार महासंघ मकवानपुरको समन्वयमा आज बिहीबारबाट सुरु भएको हो ।
अमेरीकाका पत्रकारिता विषयका शिक्षक अस्टिन लिन्डाले पत्रकारितामा कुसमाचार÷दुस्प्रचार र यसले पार्ने प्रभावका विषयमा संचारकर्मीहरुलाई प्रशिक्षण दिइएकी थिइन् ।
प्रशिक्षणमा मकवानपुर, बारा र पर्साका २५ जना सञ्चारकर्मीहरुको सहभगिता रहेको छ । प्रशिक्षणमा गलत सूचना समाचार र दुस्प्रचारका विषय, झुटा समाचारका उत्पति, उत्प्रेरणाजस्ता विषय, सामाजिक सञ्जालमा राखिएका सामाग्रीले पार्ने प्रभाव जस्ता विषयमा कार्यशाला गरिएको फ्रिडम फोरमका मिडिया अनुगमन अधिकृत नानु खड्काले बताइन् ।
