धानखेतमा दुई किशोरी मृत अवस्थामा फेला
काठमाडौं । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीहरुलाई मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम राखिएको छ । उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
