नवौं राष्ट्रिय खेलकुद : मकवानपुरका १२ खेलाडी छनौट

मकवानपुर । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा मकवानपुरका १२ जना खेलाडी छनौट भएका छन् । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म संचालन हुने उत्तः प्रतियोगिताका लागि बागमती प्रदेश सरकारले छनौट गरेको ३ विधाका खेलमा मकवानपुरका १२ खेलाडी छनौट भएका हनु् ।
जिल्ला खेलकुद विकास समिति मकवानपुरका निमित्त कार्यालय प्रमुख माधव कोइरालाका अनुसार, प्रदेश क्रिकेट टिमको अन्तिम १४ मा मकवानपुरका ३ जना खेलाडी छनौट भएका छन् । छनौट हुनेमा रामनरेश गिरी, सुमन सुनार र शुभ कंशाकार रहेका छन् ।
प्रदेश क्रिकेट टिमको अन्तिम १८ को वैकल्पिकमा मकवानपुरकै थप ३ जना खेलाडी अटाएका छन् । रिजन ढकाल, गौरव खड्का र तक्षक सिम्खडा वैकल्पिकमा छनौट भएका हुन् ।
यसैगरी, जुडोतर्फ अस्मिता गोले र सलिसा गोले नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएका छन् । उसुतर्फ वास्ताकुमारी पाख्रिन, प्रविण दोङ, आशीष लामा र साजन थिङ नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएका हुन् ।