जापानी इन्सेफलाइटिस संक्रमणका कारण मकवानपुरका तीन जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा जापानी इन्सेफलाइटिस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । उक्त संक्रमणका कारण हेटौंडा उपमहानगरपालिकाका एक जना र बकैया गाउँपालिकाका दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीका ५५ वर्षीय पुरुष, बकैया गाउँपालिका वडा नम्वर ७ बस्ने ५१ र ६१ वर्षीय दुई पुरुष गरी तीन जनाको मृत्यु भएको स्वास्थय कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक तिवारीले जानकारी दिए ।
उनका अनुसार, सोही संक्रमणका कारण जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ४ बस्न ४८ वर्षीया एक महिला गम्भीर बिरामी भएकी छन् । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
