हेटौंडाकी वाईबाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र २०, सोमबार ०९:०३

मकवानपुर । मकवानपुरमा विष सेवनबाट एक जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटिया बस्ने १५ वर्षीया संगीता वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, संगीताले आइतबार साँझ आफ्नै घरमा हाल नाम नखुलेको विषादी सेवन गरेकी थिइन् । विषादी सेवनबाट गम्भीर बिरामी भएका उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो ।

उनको उपचारको क्रममा सोही अस्पतालमा आज (सोमबार) बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । मृतक संगीताको शव हाल पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

उनले के कारण र कुन विषादी सेवन गरेको भन्ने बारे पाष्टमार्टम रिपोट आएपछि मात्रै थाहा हुने प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।