एमाले उपाध्यक्षलाई मातृशोक

तु खबर संवाददाता
२०७९ भाद्र १९, आईतवार १०:३३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) लाई मातृशोक परेको छ । उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।

दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।