हेटौंडा–९ स्थित प्रगती माविका विद्यार्थीलाई पुरस्कार वितरण

तु खबर संवाददाता
२०७९ भाद्र १८, शनिबार १०:१४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित प्रगति माविले आफ्ना विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको छ । शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षामा विभिन्न कक्षामा प्रथम, द्वित्तीय र तृतीय हुने विद्यार्थी, अतिरिक्त क्रियाकलापमा प्रथम,द्वत्तीय र तृतीय, अनुशासित विद्यार्थी, विद्यालय प्रथम हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको हो ।

पुरस्कार वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा भएको हो । सो अवसरमा प्रमुख अतिथि केसीले आगामी वर्षदेखि विद्यालय प्रथम, द्वित्तीय र तृतीय हुने विद्यार्थीलाई आफूले पुरस्कारको व्यवस्था गर्ने बताए ।

उनले भने, ‘विद्यालय उत्कृष्ट हुने तीन जनालाई आगामी वर्षदेखि म पुरस्कारको व्यवस्था गर्छु ।’ उनले नगद पाँच हजारसम्म पुरस्कार दिने घोषणा गरे । उनले आफू पनि सोही विद्यालयको विद्यार्थी भएको बताउँदै यस विद्यालयप्रति आफ्नो धेरै माया रहेको बताए ।

यसवर्ष विद्यालय प्रथम कक्षा १ बाट २ मा गएकी मुस्कान धिताल भएकी थिइन् । उनले ९८ प्रतिशत अङ्क ल्याएकी छिन् । विद्यालयका प्रचार्य निरन्जनप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वडा सदस्य कमला पौडेल, विद्यालय व्यवस्थापन समितिकी सदस्य सीता अधिकारी लगायतको उपस्थिति रहेको थियो ।