प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा १० हजार लौरो किन्दै प्रहरी

तु खबर संवाददाता
२०७९ भाद्र १६, बिहीबार १८:२७
file-photo

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि प्रहरीलाई १० हजार लाठी (लौरो) किनने भएको छ । निर्वाचनको लागि लौरो किक्न अर्थ मन्त्रालयले सहमति दिएको छ ।

मन्त्रालयले १० हजार लाठी र गोली बोक्न प्रयोग गरिने बिन्दुली किन्न अर्थ मन्त्रालयले ३० लाख रुपैयाँ बजेट स्वीकृत गरेको हो । मन्त्रालयले १० हजार लौरो र बिन्दुली खरिद गर्न बजेट स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताए ।

प्रहरी कर्मचारीले कम्मरमा बाँधेर गोली बोक्ने बिन्दुलीमा ५० राउण्ड गोली अट्छ । प्रहरीले नयाँ खरिद गर्ने लाठी म्यादी प्रहरीले बोक्न पाउँदैनन् । १ लाख १५ हजार म्यादी प्रहरीले आफ्ना लागि आवश्यक लाठी आफैंले व्यवस्था गर्नुपर्ने गरी प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाइरहेको छ ।