आसन्न निर्वाचन : हेटौंडाका लामा आकांक्षी
मकवानपुर । नेपाली कांग्रेसका नेता चम्फुरत्न लामाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिने आकांक्षी देखाएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, पदमपोखरीका लामाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर प्रतिनिधि सभा क्षेत्र न. १ प्रदेश सभा ‘ख’ बाट उम्मेदवारी दिने बताएका हुन् ।
२०४६ सालदेखि राजनीतिमा आवद्ध भएका लामा हाल नेपाली कांग्रेसका बागमती प्रदेश कार्यसमिति सदस्य हुन् । राजनितीमा लागेदेखि हालसम्म जनताकै काममा आफ्नो जीवन समर्पण गरेका लामा जनताकै मतबाट निर्वाचित भएर जनताकै हितमा काम गर्ने इच्छा भएको उनको भनाई छ । उनी नेपाली कांग्रेसको ११ औं, १२ औं र १४ औं महाधिवेशनका निर्वाचित प्रतिनिधी समेत हुन् ।
