स्वास्थ्य निर्देशनालय हेटौंडाद्वारा कर्मचारी माग
मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय हेटौंडाले कर्मचारी माग गरेको छ । निर्देशनालयले स्वास्थ्य क्षेत्रका १८ जना कर्मचारी माग गरेको हो ।
निर्देशनालयले आफ्नो वेवसाइटमा सूचना प्रकासन गर्दै बिभिन्न पदमा सेवा करार गर्ने गरी १८ जनालाई पदपूर्ति गर्नका लागि माग गरेको हो । निर्देशनालयले एक जना अधिकृत स्तर सातौ र अरु पाँचौ र चोेथो तहका कर्मचारी माग गरेको हो ।
