बागमती प्रदेश सरकारले नवौं स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता दिने

तु खबर संवाददाता
२०७९ भाद्र १०, शुक्रबार १६:५८

मकवानपुर । बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिम ६ हजार रुपैयाँ मासिक भत्ता दिने निर्णय गरेको प्रदेशका सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए ।

उनका अनुसार, अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुँदासम्मका लागि उनीहरुलाई मासिक भत्ता दिने भएको हो । प्रदेशले फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराँते, तेक्वान्दो, ब्याडमिन्टन र पौडी खेलमा पदक जित्ने खेलाडीहरुलाई भत्ता दिने भएको हो ।

प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको ३६ वटै खेल विधामा बागमती प्रदेशको सहभागिता जनाउने भएको छ । त्यस्तै नवौं राष्टिय खेलकुद २०७९ मा सहभागी हने प्रदेशका खेलाडीहरूलाई ४५ दिने बन्द प्रशिक्षण राख्ने योजना बनाएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशका तर्फबाट फुल कोटामा ७०९ जना खेलाडीहरू सहभागी हुने जनाइएको छ ।