हेटौंडाबाट एक युवक पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र १०, शुक्रबार १६:०२
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लगाूऔषध गाँजा ९ केजी ४ सय ग्रामसहित एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रौतहट साबिक औरैया गाविस–५ बस्ने २६ वर्षीय लखिन्द्र बैठा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उनलाइं बिहीबार दिउँसो पक्राउ परएको हो । चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ४ ख २२०८ नम्वरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बैठालाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।