जापानमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दो
काठमाडौं । जापानमा कोभिडका कारण एकैदिन ३३ जनाको मृत्यु भएको छ । जापानमा अहिले कोभिडको सातौँ लहर चलेको छ । यहाँ दैनिक औषतमा ३०० जनाको मृत्यु हुने गरेको छ । सोमबार पनि कोभिडबाट एकैदिन ३२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।
दैनिक संक्रमितको संख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार, पछिल्लो एक दिनमा २ लाखभन्दा बढी संक्रमित भएका छन् । जापानमा दैनिक कोभिड संक्रमितको संख्या ३ लाखसम्म पुगेको थियो ।
संक्रमितको संख्या बढेसँगै सरकारले गतिविधिमा कडाइ गरेको छ । अनिवार्य मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
