नेता गिरिको निधनमा शोक पुस्तिका राख्न नेविसंघको परिपत्र

तु खबर संवाददाता
२०७९ भाद्र ६, सोमबार ०८:४१

काठमाडौं । नेपाल विद्यार्थी संघले माउ पार्टी कांग्रेसका नेता प्रदीप गिरिको निधनमा मातहतका कमिटीलाई शोक पुस्तिका राख्न परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय गिरिको योगदानको स्मरण र चर्चा गर्दै भदौ ६ गते आ–आफ्नो कार्यालयमा शोक पुस्तिका राख्न परिपत्र गरेका हुन् ।

भदौं ४ गते राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७५ वर्षीया गिरिको निधन भएको थियो । उनी घाँटीको क्यान्सरबाट पीडित थिए। कांग्रेसले पनि गिरिको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।