हेटौंडाको यी स्थानहरुमा विद्युत अवरुद्ध हुने

तु खबर संवाददाता
२०७९ भाद्र ४, शनिबार १०:१४
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानमा आज बिहान १० बजेदेखि विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना प्रकाशित गर्दै रंगशाला फिडर अन्तर्गत पर्ने क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।

प्राधिकारणका अनुसार, हेटौंडामा उपमहानगरपालिका वडा नम्वर ६, ७, ८, १६, १७ र १८ सम्मका क्षेत्रमा लाइन अवरुद्ध हुने भएको हो । यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति विद्युत प्राधिकरणले क्षमाप्रार्थी रहेको जनाएको छ ।