बानियाँद्वारा उपचार खर्च सहयोग

तु खबर संवाददाता
२०७९ भाद्र २, बिहीबार १८:५१
file_photo

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बिहिबार एक विरामीलाई २५ हजार रुपियाँ उपचार खर्चस्वरुप सहयोग गरेका छन् ।

गत असारमा मोटरसाईकल दुर्घटनामा घाईते भएका थाहा नगरपालिका वडा नम्वर ४ निवासी रामकुमार लामालाई नेता बानियाँले उपचारमा सहज होस् भन्ने उद्देश्यले २५ हजार रूपैयाँ रकम उपचार खर्चबापत् सहयोग गर्नुभएको हो ।

नेता बानियाँका स्वकिय सचिव मिलन पुडासैनीले मकवानपुर सहकारी अस्पताल हेटौडामा उपचाररत पीडित लामालाई नेता बानियाँद्वारा उपलब्ध गराइएको सो रकम हस्तान्तरण गरेका हुन् ।

दुर्घटनामा परेका लामाको उपचार गर्दा करिब साँढे ५ लाख रुपैयाँ भन्दा बढी रकम सकिसकेको र हाल केही सुधार भई डिस्चार्जको प्रक्रियामा रहेको घाइते लामाले बताए ।