पालुङटारमा पुरुषको शव फेला

तु खबर संवाददाता
२०७९ श्रावण २९, आईतवार १०:०६
सांकेतिक तस्वीर

काठमाडौं । गोरखाको पालुङटारमा एक युवाको शव फेला परेको छ । पालुङटार नगरपालिका वडा नम्वर ५ चिसापानीमा अन्दाजी ३७ वर्षका बुद्धिबहादुर विकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति १२ बजेतिर बाटोमा मानिस लडिरहेको छ भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले विकको उद्धार गरेको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका हुन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।