महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता

तु खबर संवाददाता
२०७९ श्रावण २८, शनिबार ०८:५८
File Photo

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

शुक्रबार दिउँसो १ बजे नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भएपनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ । प्रहरीका अनुसार, किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरी खोजतलासी भइरहेको छ ।