एकै परिवारका तीन जना मृत फेला
धनगढी । बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्वर ९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई छोरा–छोरी मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय छोरा मोहित रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार, उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्रहरीले गएराति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
