हेटौंडामा एक जनाको शव फेला

तु खबर संवाददाता
२०७९ श्रावण २४, मंगलवार १५:३१

मकवानपुर । मकवानपुरको हेटौंडामा एक पुरुषको शव फेला परेको छ । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० न्युरेनीस्थित ईस्वरी खड्कीको बंगुर फार्ममा अन्दाजी ६५ वर्षीय सूर्य श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक श्रेष्ठको ठेगाना खुलेकोे छैन । श्रेष्ठ ज्याला मजुदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका थिए । श्रेष्ठको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पताल राखिएको छ भने घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।