ट्रक पल्टिदा चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण २२, आईतवार १०:१५

गुल्मी । गुल्मीको रेसुङ्गा–१० सिमिचौरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्रक चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगा रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।