काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् ।
अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका अस्पतालका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
