निजामती कर्मचारी संगठन बागमती प्रदेशमा बरुण शाह
मकवानपुर । नेपाल निजामती कर्मचारी संगठनको बागमती प्रदेश कार्यसमितिको अध्यक्षमा बरुण कुमार शाह चयन भएको छ । संगठनको हेटौंडामा सम्पन्न प्रथम अधिवेशनले शाहको अध्यक्षतामा २९ सदस्य कार्यसमिति चयन गरिएको हो ।
यस्तै, संगठनको उपाध्यक्षहरुमा राजेन्द्रकुमार दराइ, प्रमिला केसी तथा युवराज थापा चयन भएका छन् । यसैगरी, महासचिवमा हेमकुमार पाठक, सचिवहरुमा क्रमशः दिपकराज तिमल्सीना, गणेश थापा, देविदत्त घिमिरे तथा कोषाध्यक्षमा विष्णु ढुंगाना चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा गणेश केसी, हरिबहादुर रायमाझी केशव शर्मा, सोमनाथ लामिछाने, मोहन कार्की कमलप्रसाद भुर्तेल, अनुप केसी, मुकुन्द कुमार खड्का, रविन्द्र कंडेल, गिता छगुन्ना, टंक सिवाकोटी, टेकनाथ काफ्ले, पवनकुमार ठाकुर, छत्रबहादुर माझी शान्तिराज मैनाली, प्रतिमा सापकोटा, गोकुल सिल्वाल लगायतलाई रहेका छन् ।
