सत्ता गठबन्धनको बैठक : मंसिर ४ गते चुनाव गर्ने सहमति

तु खबर संवाददाता
२०७९ श्रावण १८, बुधबार १८:२२
file-photo

काठमाडौं । सत्तारुढ गठबन्धनको बुधबार बसेको बैठकले प्रदेश र प्रतिनिधि सभाको चुनाव आगामी मंसिर ४ गते गर्ने सहमति भएको छ । बालुवाटारमा बसेको उक्त बैठकमा मंसिर ४ गते चुनाव गर्ने गरी सहमति जुटेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार, सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावका मिति घोषणा गर्नेछ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको छ ।