सप्तकोशी प्रभावितको उद्धारलाई तीब्रता दिन गृहमन्त्रीको निर्देशन

तु खबर संवाददाता
२०७९ श्रावण १८, बुधबार १०:१५
file-photo

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ ।

नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडा नम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । उनीहरूलाई प्रभावकारी रुपमा छिटो स्थानान्तरण गरी राहतको बन्दोबस्त गर्न गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

नदी नजिकैको बस्तीमा पसिसकेको र गृहमन्त्री खाँणको निर्देशन अनुसार, नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।