आज सार्वजनिक विदा
काठमाडौं । कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा आज सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज सार्वजनिक विदा दिएको हो ।
मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा कर्णाली प्रदेश सरकार ‘मन्त्रिपरिषद्’ को मिति २०७८ चैत्र २९ को निर्णय अनुसार ‘नाग पञ्चमी’ को अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक विदा दिएको उल्लेख छ ।
