भैसै–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध

तु खबर संवाददाता
२०७९ श्रावण १६, सोमबार १५:०२
file-photo

मकवानपुर । अविरल वर्षाका कारण पहिलो जाँदा भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज सोमबार दिउँसो भीमफेदी गाउँपालिका वडा नम्वर २ स्थित माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारीसाधनहरु रोकिएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् । उनका अनुसार, हेटौंडातर्फ आउँने सवारीसाधन भीमफेदीमा र विपरित दिशाबात जाने सवारीसाधन भैसीमा रोकेर राखेको छ । उक्त सडकखण्डमा यातायात संचालनका लागि पहिरो पन्छाउने तयारी भईरहेको छ ।