हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा व्यापार प्रर्बद्धन केन्द्रकोे स्थापना
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको हेटौंडा स्कूल अफ म्यानेजमेन्टले व्यापार प्रर्बद्धन केन्द्र स्थापना गरेको छ । आइतबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उक्त केन्द्रको उद्घाटन गरेकी हुन् ।
उद्घाटन कार्यक्रम हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सको व्यवस्थापन समितिका अध्यक्ष देव प्रसाद श्रेष्ठको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरकी प्रमुख टिका शर्मा, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाका प्रमुख युवराज गुरुङ, उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष लेखराज पोखरेल, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख शंकर प्रसाद उपाध्याय, हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाई लगायतको आतिथ्य रहेको थियो ।
