पशुपतिनाथ माविमा स्वास्थ्य परीक्षण शिविर

तु खबर संवाददाता
२०७९ श्रावण १५, आईतवार ०८:४२

मकवानपुर । बस्तीपुर जेसीज हाँडीखोलाको आयोजना, नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वडा नम्वर ४ को समन्वयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धिी निःशुल्क जाँच शिविर संचालन भएको छ ।

शिविर कार्यक्रम बस्तीपुर जेसीज हाँडीखोलाबर्ष–२०२२ का अध्यक्ष तेजप्रसादउ प्रेती (रमेश) को सभाध्यक्ष एवम् मनहरी गाउपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको हो । शिविरमा ७८ जना स्थानीय महिलाले स्वास्थ्य परीक्षण गराएको थिए ।

विशेष गरी बनकरिया बस्तीलाई लक्षित गरी आयोजना गरिएको शिविरमा २ जना सेवाग्राहीले १२ बर्षे परिवार नियोजनको अस्थायी साधनको सुविधा लिएका थिए । शिविरलाई मनहरी गाउँपालिका र स्व. जानुका रेग्मी स्मृति स्वास्थ्य सेवा तथा सूचना फाउन्डेशनबाट औषधि सहयोग भएको थियो ।

शिविरलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कालाखेतीले मानवीय सेवा बोकेको जेसीजले गरेको शिविरबाट स्थानीयलाई विभिन्न शहरका अस्पताल गएर जचाउँदा हुने खर्चबाट विपन्न बर्गले लाभलिने र मनहरी गाउँपालिकाको अन्य वडामा पनि यस्तै स्वास्थ्य शिविर संचालनको लागि हातेमालो गर्न सदैब तयार रहेको बताए ।

कार्यक्रममा वडा अध्यक्ष प्रकाश थापा, पशुपतिनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले आमाहरु स्वस्थ्य भए बालबालिका पनि स्वास्थ्य हुने बताए । शिविर कार्यक्रम संयोजक जेसी कृष्ण यादबले शिविर सफल पार्न सहभागी सम्पूर्णलाई आयोजकको तर्फबाट बिशेष धन्यबाद दिएका थिए ।