तरकारी लिएर भारत जाँदै गरेको ट्रकमा ६ बोरा गाँजा बरामद
विराटनगर । पहाडी जिल्लाको तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ । शुक्रबार राति संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट १५६ किलो (६ बोरा) गाँजा बरामद गरेको हो ।
बन्दा कोपी बोकेर भारततिर जान लागेको प्रदेश १–०२–००१ ख ८६७७ नम्वरको ट्रक चेकजाँच गर्दा शुक्रबार राति ६ बोरा गाँजन भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राईलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेका जनाएको छ ।
