चाइनाको युनान प्रदेश र हेटौंडा उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध
मकवानपुर । बाह्य मुलुकसँग सम्बन्ध र सम्पर्क बढाउनका लागि हेटौंडा उपमहानगरपालिकाले चाइनको युनान प्रदेससँग भगिनी सम्बन्धको तयारी थालेको छ । नेपाल चाईना एक्जुकेटिभ काउन्सिल मार्फत हेटौंडाले युनानसँग भगिनी सम्बन्धको तयारी गरेको हो ।
तयारी अनुरुप सम्बन्ध कायम गर्नका लागि युनान कर्मशियल रिप्रीजेन्टिटिभ अफिस काठमाडौंका प्रमुख उ लिन छनसहितको तिन सदस्य टोली हेटौंडा आएका छन् । शुक्रबार हेटौंडा उपमहानगरका ५ वटा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनीहरुले सहयोगको बाटो खोलेको बताएका छन् ।
कोरोना संक्रमण दर बढ्दै गएको समयमा उनीहरुको सहयोगमा माक्स, सेनेटाइजर, एन्टिजिन, किटसहितको सामग्री हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामालाई हस्तान्तर गरेको हो । सहयोग हस्तान्तरण पछि युनान कर्मशियल रिप्रीजेन्टिटिभ अफिस काठमाडौंका प्रमुख उ लिन छनसहित हेटौंडा उपमहानगरपालिका १ का अध्यक्ष सविन न्यौपाने, ९ का अध्यक्ष सुकराम केसी, १८ का अध्यक्ष अनिल बानियाँसहितको टोलीले हेटौंडा १४, ८, ९ र १८ नम्बरमा रहेका सार्वजनिक जमिनको अनुममन र निरीक्षण गरेका थिए ।
