हेटौंडा कपडा उद्योग संचालनको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री बडू

तु खबर संवाददाता
२०७९ श्रावण १२, बिहीबार १८:२६

मकवानपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले हेटौंडा कपडा उद्योग सञ्चालनको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौंडामा आयोजित व्यावसायिक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले सो कुरा बताएका हुन् ।

मन्त्री बडूले सरकारी स्वामित्वको बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रसँगको सहकार्य गर्न तयार रहेको बताएका हुन् । उनले निजी क्षेत्रसँगको सहकार्यमा हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकार सकारात्मक रहेकाले आवश्यक प्रक्रिया अनुसार प्रस्ताव पेश गर्न आग्रह गरेका छन् ।

पडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको र त्यसका लागि आवश्यक योजना तयार गरेर प्रकृया अघि बढिसकेको उनको भनाई छ । मन्त्री बडूले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारी सम्पत्तिको सदुपयोग गरी बन्द उद्योगहरु संचालनको नीति सरकारले लिएको बताए । उनले उद्योगबारे प्रारम्भिक अध्ययन भइसकेपछि सरकारले मोडालिटी तयार गरेर सोहीअनुसार निजी क्षेत्रले सञ्चालन गर्ने गरी दिन तयार रहेको बताए ।

उनले मोडालिटीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । सरकारले निजी क्षेत्रलाई आफ्नो स्वामित्वको ठूला उद्योग सञ्चालन गर्न दिने योजना बनाएकाले तयारी अवस्थामा रहनसमेत मन्त्री बडूले निजी क्षेत्रलाई आग्रह गरे ।