दुर्घटनामा साइकल यात्रीको मृत्यु, मकवानपुरका वाइवा पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण १२, बिहीबार ०८:५९
सांकेतिक तस्वीर

काठमाडौं । झापमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार साँझ साढे ५ बजे कमल गाउँपालिका–५ स्थित सडकमा बागमती प्रदेश–०३–००१ क २१२ नम्वरको टिपरले ठक्कर दिंदा एक जना साइकल यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचथर तुम्बेवा गाउँपालिका–५ का संजिप इम्सङ लिम्बु रहेका छन् ।

अन्दाजी १६ वर्षीय संजिवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टिपर चालक मकवानपुरका ३१ वर्षीय सुजन वाइवालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।