सशस्त्रका २३८ जना डिएसपीको सरुवा

तु खबर संवाददाता
२०७९ श्रावण १०, मंगलवार ०९:००
file-photo

काठमाडौं । सशस्त्र प्रहरी बलका २३८ जना डिएसपीहरु सरुवा भएका छन् । सिसम–५ का डिएसपीहरुलाई गुल्म प्रमुखमा सरुवा गरिएको छ । २७ वटा स्थायी गुल्मका गुल्मपतिहरु परिवर्तन भएका छन् । १७ वटा आश्रित गुल्म (अस्थायी) मा डिएसपीहरुको काज सरुवा गरिएको छ ।

आश्रित गुल्ममा पनि सवै सिनियर अधिकृतहरूलाई काज खटाएको छ । जुनियर अधिकृतहरूलाई गण, बाहिनी र प्रधान कार्यालयमा सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।